भाइको मन दुख्दा आफ्नो पनि दुख्ने कस्तो माया ! (भिडियो)

पारस नेपालको आवाज रहेको गीत ‘कस्तो हुन्थ्यो’ को म्युजिक भिडीयो सार्वजनिक भएको छ । राष्ट्रकवि माधब प्रसाद घिमिरेको शब्द तथा जुगल डंगोलको संगीत रहेको उक्त गीत पारसको पछिल्लो एल्बम धरोहरमा समेटिएको छ । डब्बु क्षेत्री निर्देशित म्युजिक भिडीयोमा रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीको अभिनय रहेको छ ।

पारसले गाएका पाँच गीत समेटिएको धरोहर राजधानीमा हालै विमोचन भएको हो । उक्त एल्बममा गर्मी भयो रे भन्छन्,  दायाँबायाँ बेथिती छ,  सबै भन्छन् तिमीलाई, तिमीले टेक्ने माटो उही जस्ता राष्ट्रिय भावनाका गीतहरु समेटिएका छन् । क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलको शब्द रहेको गीतमा जुगलकै संगीत रहेको छ ।