‘ओ म्याक्स हल’ हेटौंडामा आगलागी (फोटो सहित)

ओ म्याक्स हल हेटौंडामा आगलागी भएको छ । बिहानी शोमा कुनै फिल्म भने चलेको थिएन । बुधवार बिहान करिब १० बजे तिर बिजुली सट भएर आगलागी भएको र आगलागीमा कुनै पनि मानविय क्षती नभएको हेटौंडा प्रहरीले बताएको छ । हलमा लागेको आगो निभाउन हेटौडामा रहेको दमकलले मात्र नसकेपछि अमलेखगन्जबाट दमकल मगाइएको हो । दमकल आइपुगेको र आगो निभाउन थालेको हेटौडा प्रहरीले जनाएको छ । उक्त हल नरेन्द्र महर्जनको हो ।


तस्बिर : हिरा तामाङ