रोहितसंग धन नहुदा बिनोदसंग रोमान्स गर्दै पुजा(भिडियो)

प्रमोद खरेलको आवाजमा ‘पैले माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ । गीतमा सालिक ओली क्षेत्रीको शब्द रचना रहेको छ । रमेश श्रेष्ठले संगीत भरेका छन् भने सन्दिप कार्कीले एरेन्ज गरेका छन् ।  गीतकार समेत रहेका रोहितले यसअघि प्रमोद खरेलको आवाजमा आफ्नै शब्द रचनामा ‘संगै जिउने मर्ने कसम’ बोलको गीतको भिडियोमा समेत सँगै काम गरेका थिए ।

भिडियोमा रोहित घिमिरे, पुजा दाहाल र बिनोद घिमिरेले अभिनय गरेका छन् । रोहितको अभिनयमा यो दोश्रो म्युजिक भिडियो हो भने बिनोद र पुजा यसै भिडियो मार्फत भिडियो मोडलिङ्गमा प्रवेश गरेका छन् । भिडियोलाई परिकला मिडिया प्रालिको प्रस्तुतिमा सुवास संकल्पले निर्देशन गरेका हुन । भिडियोमा मार्टिना मेकअप स्टुडियो ईटहरिकि उर्वी श्रेष्ठले मेकअप गरेकी छिन भने सुमन तामांगले क्यामेरा तथा ड्रोन चलाएका छन् । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् ।