फिल्म रेनीको आइटम संग ‘झुमी झुमी’

भदौ ८ गते देखि प्रदर्शनमा आउने त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘रेनी’को आइटम गीत ‘झुमी झुमी’ सार्वजनीक भएको छ । बबिना किराँतीको आवाज रहेको गीतमा गुरु भोटिया र सनम मल्लको शब्द तथा पुष्कर सुनुवार र बिनोद खम्बुको संगीत रहेको छ ।

केहि समय अघि फिल्मको ट्रेलर र गीत सार्वजनिक भएको थियो । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित ‘दारी बा’,  दीपक ढकाल, गिरिश रिजाल ‘समीप’ साथै नवनायिका सनम मल्लको मुख्य भूमिका रहने छ । गिरिश रिजालको निर्देशन रहेको फिल्मको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् । जयराम थापाको छायांकन रहेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्वन्द र अनिश लामाको कोरियोग्राफी रहेको फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।