वरिष्ठ चित्रकार एवं साहित्यकार मनुज बाबु मिश्रको निधन

वरिष्ठ चित्रकार एवं साहित्यकार मनुज बाबु मिश्रको ८३ वर्षको उमेरमा गए राति निधन भएको छ । आफ्नै निवासमा सुतिरहेको अवस्थामा राति दुई बजे उहाँको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवासबाट बाहिर निस्कनु भएको थिएन ।
उहाँको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

प्रतिक्रिया