अपडेट : ओ म्याक्स हलमा लागेको आगोका कारण २ करोड बढीको क्षती (ताजा फोटो सहित)

बुधवार बिहान करिब १० बजे तिर बिजुली सट भएर हेटौंडा स्थित ‘ओ म्याक्स’ हलमा भएको आगलागीबाट दुई करोड भन्दा बढीको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । चलचित्र संघका तृतीय उपाध्यक्ष तथा बिकास बोर्डमा पुर्व सदस्य समेत रहेका निर्माता नरेन्द्र महर्जनले संचालन गरेको उक्त हलको हाल मर्मत कार्य भइरहेको थियो । हल संचालनमा नरहेकाले कुनै मानवीय क्षती भने नभएको हेटौडा प्रहरीले बताएको छ । आगलागीबाट हलको भित्रि भागमा पूर्ण रुपमा क्षती पुगेको छ । हलमा लागेको आगो निभाउन हेटौडामा रहेको दमकलले मात्र नसकेपछि अमलेखगन्जबाट दमकल मगाइएको छ । दमकल आइपुगेको र आगो निभाउन थालेको हेटौडा प्रहरीले जनाएको छ ।