छोरीलाई आमा नै चाहिने तीज गीत

तिज गीत ‘चाहिँदो रहेछ छोरीलाई आमा’ सार्वजनिक भएको छ । गीतमा बिमा कुमारी दुरा,  धन कुमारी थापा, शान्ति श्री परियार, नरेश खाती क्षेत्री लगायतले संयुक्त रुपमा स्वर दिएका छन् । नरेश खाती क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा किरण केसी, दिपाशा बिसी, धन कुमारी थापा, नरेश खाती, सर्मीला शर्मा, रुपक मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ  । प्रकाश भट्ट निर्देशित  म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ ।