दीपिकाका कारण एकसाथ काम नगर्ने दुई रणवीर

चर्चित निर्माता तथा निर्देशक करण जौहरले बलिउडका दुई रणवीरलाई आफ्नो फिल्ममा खेलाएर मालामाल हुने योजना बनाए । तर उनको योजना असफल भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मका लागि उनले सुरुमा रणवीर कपूरलाई अफर गरेका थिए । रणवीर कपूर राजी पनि भएका थिए । त्यपछि करणले रणवीर सिंहलाई अर्का नायकका लागि अफर गरे । उनी पनि राजी भए ।

तर, जब रणवीर सिंहलाई फिल्ममा ल्याएको कुरा रणवीर कपूरले थाहा पाए उनले फिल्म नै नगर्ने निर्णय गरे । व्यस्तताका कारण फिल्म गर्न नसक्ने उनले बताए । तर वास्तविक कारण अर्कै छ । यसको कारण हुन् दिपिका पादुकोण । पहिले दिपिका र रणवीर कपूर रिलेसनमा थिए भने हाल दिपिका रणवीर सिंहसँग डेट गरिरहेकी छन् । त्यसैले रणवीर कपूर रणवीर सिंहसँग काम गर्न असहज मान्छन् । रणवीरले फिल्म गर्न अस्वीकार गरेपछि निर्देशक करण जौहर अर्का नायकको खोजीमा लागेका छन् ।