फिल्म ‘शिरफूल’ ट्रेलर

मंसीर २१ गते रिलिज डेट राखेर फिल्म ‘शिरफूल’ को ट्रेलर रिलिज भएको छ । कमल एक्चाई मगरको निर्देशन ‘शिरफूल’ ट्रेलरलाई मगर जातिको संस्कृतिसँग जोडेर मसलेदार बनाइएको छ । फिल्ममा देवराज, विनिता थापा मगर र रुपा राणाको मुख्य भूमिका छ । फिल्मको शिर्ष गीत ८ महिना अगाडी सार्वजनिक भएको थियो । मगर्स क्रियसन इन्भेस्टमेन्टको व्यानरमा फिल्मलाई आशिर्वाद पुनले निर्माण गरेका हुन् ।