रेनशालाई आर्यनको पहिरनकै चिन्ता

- मेराेफिल्म

रेनशा वान्तवा राई कोरियोग्राफर मात्र होइनन् । अब उनी निर्देशक पनि भैसकिन् । तर, अझै पनि उनको दिमागबाट हिरो हिरोइनलाई कस्तो ड्रेस लगाइदिने भन्ने मात्र घुमेको छ क्यारे । होइन भने २ घन्टा २१ मिनेट लामो ‘कायरा’ फिल्म हेरेपछि उनलाई अभिनेता आर्यन सिग्देलको ड्रेस मात्र किन मन नपरेको होला ?

कायरा हेरेर निस्किएपछि रेनशाले दिएको प्रतिक्रियामा उनले आर्यनले फिल्मभर लगाएको ड्रेस फिटिक्कै मन नपरेको बताएकी छिन् । रेनशालाई आर्यनको पहिरनमा मात्र ध्यान गएछ ? आर्यनले कस्तो काम गरे, फिल्म कस्तो बनेको छ भन्नेमा ध्यान गएन छ ।

रेनशा गीतको भिडियो तयार गर्दा हिरो हिरोइनको ड्रेस, रंगमा बढी सजग हुने गर्थिन् । तर, इन्टु मिन्टु लण्डनमा निर्देशन गरेपछि पनि उनको ध्यान ड्रेसमै छ । फिल्म हेर्न पुगेका निर्देशकहरु दिपाश्री निरौला, झरना थापाले फिल्म लामो भएको भन्दै आफूले भएको भए छोटो बनाउने थियौँ भनेर प्रतिक्रिया दिएका थिए ।

आर्यनको ड्रेस भएन भन्ने रेनशाले ‘इन्टु मिन्टु लण्डनमा’मा हिरो धिरज मगरको ड्रेसमा मात्र ध्यान दिइन् भने त खत्तम हुन्छ त हो ।

२०७५ साउन २३ गते १७:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *