तेलगुको गीतसँग मेल खाने ‘रोजी’को गीत

कविराज गहतराज पछिल्लो समय नेपालका महङ्गा कोरियोग्राफर हुन् । फिल्म वृत्तमा उनको कोरियोग्राफीको चर्चा निकै हुने गर्छ  । उनको व्यस्तता यति छ की उनका लागी समय कुरेर बस्छन निर्माता निर्देशकहरु ।

मानिसको सोचको कुनै सिमा हुँदैन भनिन्छ । आफ्नो सोचलाई कलाको मध्यमबाट उत्कृष्ट रुपमा प्रस्तुत गर्न सक्षम छन् कविराज । बर्षमा बन्ने फिल्मको करिब ७० प्रतिशत फिल्ममा उनी नै कोरियोग्राफी गर्छन् ।

तर, पछिल्लो समय उनको कोरियोग्राफी रहेको फिल्म रोजीको एक गीत सार्वजनिक भएको छ ‘फूल होइन’ जसमा उनको सोचले ‘फेल’ खायो । उनले आफ्नो सोच प्रयोग गरेनन् अरु कसैको सोचलाई नक्कल गरे । नक्कल भन्दा पनि चोरी नै गरे ।

‘फूल होइन’ गीतको भिडियोको सुरुवात हेर्दा दर्शकलाई बलिउड फिल्म ‘रइस’मा अभिनेता साहरुख खानको गेटअप र हिडाइको याद आउँछ । त्यो त सामान्य हो । तर जब दर्शकले दक्षिण भारतीय फिल्म​ ‘सराईनोडु’को गीत ‘तेलुसा तेलुसा’ हेर्छन तब थाहा पाउँछन् कविराजले गरेको कोरियोग्राफी उक्त गीतको कोरियोग्राफीको नक्कल । भिडियो मात्र होइन गहिरिएर सुन्ने हो भने गीतको मेलोडी पनि मेल खान्छ ।

उक्त गीतमा उनले गरेको कोरियोग्राफी त्यसै गीतबाट चोरिएको हो । कविराजले कतै कतै बठ्याईँ गर्न खोजेका छन् तर उनी चुकेका छन् । भिडियोमा रोजिकी नायिका मिरुनाले लगाएको ड्रेस अप पनि ‘सराईनोडु’की नायिका राकुल प्रीत सिंहको जस्तै छ ।

कविराजले उक्त गीतको कोरियोग्राफीलाई तल/माथि, अगाडी/पछाडी गरेर रोजिमा प्रयोग गरेका छन् । तर नेपाली दर्शकसँग नजिक रहेको दक्षिण भारतीय फिल्मको कपि गर्नु कविराजको मुर्खता थियो । दर्शकले उनको बठ्याईँ बुझेका छन् ।

प्रसंसा कमाइरहेका कविराजले हुबहु कोही अरुको कोरियोग्राफी चोर्नुले उनको व्यस्तता माथि नै प्रश्न उठाएको छ । चोरी वा कपि गरेर नै कविराजले कोरियोग्राफी गर्छन भने कविराजको काम निर्देशकले नै गर्न सक्छन् ।

फ्रेम वाई फ्रेम हेरेर गर्न सक्ने क्षमता निर्देशकमा पनि हुन्छ । कविराजलाई फिल्ममा कोरियोग्राफरको रुपमा लिनुको मतलब यो हो की उनले साफ्नो सोचको प्रयोगबाट गीतलाई मुर्तरुप दिउन  । नत्र उनको उपस्थिती के का लागी ?

कविराजले नै कपि गर्न थाले, कपि गरेर नै आफ्नो व्यस्तता बढाएका हुन् भने उनको करियरलाई राम राम भन्न सकिन्छ काँध नै थाम्न सकिन्न ।

फिल्म रोजीलाई प्रतिक्षित मानिएको छ । युवा स्टार प्रदीप खड्का अभिनित यस फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् । गीतको कोरियोग्राफी मिल्नुमा निर्देशकको पनि कमजोरी देखिन्छ । भदौ २२ मा फिल्म प्रदर्शनमा आउन लागेको छ । यसै दिन सुदर्शन थापा निर्देशित फिल्म राम कहानी पनि रिलिज हुँदैछ । राम कहानीसँग टक्कर लिन आएको फिल्मको पहिलो गीत नै चोरीमा पर्नु फिल्मका लागि राम्रो होइन  ? फूल होइन र तेलुशामा कति भिन्नता छ यो छुट्याउने जिम्मा दर्शकलाई पनि ?

फिल्म रोजीको गीत ‘फूल होइन’

फिल्म ‘सराईनोडु’को गीत ‘तेलुसा तेलुसा’