धेरै लुक्न सकेन अनु र सबिनको सम्बन्ध

फिल्मी वृत्तमा अनु शाह र सबिन श्रेष्ठको सम्बन्धको गाइगुइ चलेको धेरै समय भैसकेको छ । पछिल्लो समय गुपचुप बिवाहको हल्ला समेत चल्न थालेको थियो । आफ्नो सम्बन्धलाई लिएर गरिने पत्रकारको प्रश्नमा एक अर्काको राम्रो साथी मात्रै रहेको बताउने यी दुई प्राय जसो इभेन्टहरुमा सँगै देखिने गर्थे । हालै सामाजिक संजाल फेसबुकमा अनु शाहले सबिन सँगको फोटो प्रोफाइल पिक्चर राखेकी छन् ।

यति मात्र नभई इन्स्टाग्राममा फोटो सेयर गर्दे ‘यस हि इज माइ लव । आई लव यु बेबी’ लेखेकी छन् । सम्बन्धलाई अस्विकार गर्दै आएका यी दुईलाई अचानक के भयो होला ? पहिले होइन होइन भन्ने यी दुईले अचानक के सोचेर फोटो सार्वजनिक गरेका होलान् ?