लैला मज्नुको आधुनिक रुप (ट्रेलर)

- मेराेफिल्म

फिल्म ‘लैला मज्नु’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्म ऐतिहासिक अमर प्रेमकहानी ‘लैला मज्नु’ को कहानीलाई आधुनिक संस्करणमा निर्माण गरिएको हो । फिल्मबाट  ‘लैला’ का रूपमा तृप्तिडिमरी तथा ‘मज्नु’ को रूपमा अविनाश तिवारीले डेब्यू गर्दैछन् । फिल्मबाट अर्का कलाकार मीर सरवारले पनि डेब्यू गर्दैछन् ।

फिल्म ७ सेप्टेम्बरमा रिलिज हुनेछ । फिल्मका निर्माताद्वय इम्तियाज अलि र एकता कपुरले फिल्मबाट आफूहरू आशावादी रहेको बताएका छन् । काश्मिरको राजनीतिक परिदृश्यमा समेटिएको कथाले दर्शकलाई खुशी पार्ने उनीहरूको आशा रहेको छ । फिल्म साजिद अलिले निर्देशन गरेका हुन् ।

२०७५ साउन २४ गते १२:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *