चालिसेको ‘स्मृतिको पहाड’ सार्वजनिक

प्राचार्य डाक्टर विदुर चालीसेको कविता संग्रह ‘स्मृतिको पहाड’  सार्वजनिक गरियो ।  काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा कार्यक्रमका अतिथि वरिष्ठ कवि तुलसी दिवश लगायतले उक्त काब्य कृतिको विमोचन गरे ।

कार्यक्रममा कवि तुलसी दिवशले कवि डा. चालीसेको काव्य प्रवृत्तिका बारेमा चर्चा गर्दै उनको काव्य कलाको प्रशंसा गरे । प्रतिष्ठानको नेपाल सम्पर्क समितिका श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. कुमार कोइराला, डा. रेणु जोशी, डा. विदुर चालीसलगायतले बिचार ब्यक्त गरेका थिए ।