विज्ञापनमा शाहिद पत्नी मीरा

शाहिद कपूर र मीरा राजपूत जोडीकाे केमेष्ट्री कमालको छ । धेरैले मीराकाे डेब्यू प्रतिक्षा गरेर बसेका थिए । हालै मीरा राजपूतले एक विज्ञापनमार्फत पर्दामा डेब्यू गरेकी छन् । हालै उनको अभिनय रहेको भिडियाे बाहिर आएकाे छ । जहाँ मीराको बेबी पम्स पनि देखिएको छ ।

मीराले प्रोफेसनलले झैँ क्यामेरा फेस गरेकी छन् । देख्दा यस्तो लाग्दैन कि उनी पहिलोपटक क्यामेरा फेस गर्दैछन् । तर, मीरालाई सामाजिक सञ्जालमा मानिसहरुले खुलेरै ट्रोल गरेका छन् । उनी मात्र २३ वर्षकी भइन् तर उनले एंटी एजिंग क्रीमकाे विज्ञापन गरेकी छन् । मानिसहरुले यसलाई लज्जास्पद भन्दै मजाक उडाइरहेका छन् । मीराले आफ्नो इंस्टाग्राममा भिडियो पनि सेयर गरेकी छन् । मीरा छिटै नै दोस्रो बच्चाकी आमा बन्दैछिन् । यस अघि उनले छोरी मीशालाई सन् २०१६ मा जन्म दिएकी थिइन् ।