निन्द्रामै एयरपोर्ट पुगिन् साम्राज्ञी

हिरोइनहरु मेकअपविना हिड्न मान्दैनन् । पर्दामा मेकअपमा चम्किएको अनुहार मेकअपविना देख्दा दर्शकले के भन्छन् भन्ने उनीहरुको सोच हुन्छ । मेकअप र मेकअपविनाका विशेषगरि हिरोइन धेरै फरक हुन्छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको सुन्दरताको बयान फिल्म वृत्तमा हुने गर्दछ । उनको आकर्षक फिगर, सुन्दर अनुहारको बयान नगर्ने को होला र ?

तर, वुधबार बेलुकी त्रिुभवन विमानस्थलमा पुग्दा भने साम्राज्ञीले आफ्नो अनुहारमा टचअप पनि गर्न भ्याइनन् । वा उनले अल्छी गरिन् । वा उनलाई विमानस्थलमा मिडिया आइपुग्छन् भन्ने नै थाहा भएन ।

कायरा फिल्मको विशेष शोका लागि अभिनेता आर्यन सिग्देलसँग यूएइ उड्न लागेकी साम्राज्ञी मिडियामाझ घेरिएपछि कपाल बाध्दै आइपुगिन् । विना मेकअप उनको अनुहार मेकअपमा उनलाई हेरेकाहरुका लागि ओहो भन्ने खालको नै थियो ।

साम्राज्ञी विना मेकअप भएकाले खुलेर बोल्न सकिनन् । विमानस्थल होस् या सार्वजनिक स्थान, अभिनेत्रीले मेकअप गर्न यसैले पनि जरुरी छ । बेलुकी ७ बजेतिर एयरपोर्ट पुग्दा साम्राज्ञी निन्द्रामै थिइन् क्या ?