प्रियंकाको व्यक्तिगत जीवन कसका लागि ?

बलिउड अभिनेत्री प्रियंका र उनका प्रेमी निक यतिबेला चर्चाका शिखरमा छन् । केही समयदेखि यी दुई खबरमा मजैसँग छाएका छन् । चर्चाको कारण हो, विवाहको खबर । भारतीय सञ्चारमाध्यमहरुले त उनीहरुको विवाहको मिति समेत टुंगो लगाइदिएका थिए । मिडियाले जुलाईमा प्रियंकाको जन्मदिनमा उनीहरुले बिहे गर्ने समेत बताए ।

यसै हल्लाले बलिउड क्षेत्र गर्माएको छ । तर, प्रियंका र निकले यसबारेमा प्रतिक्रिया जनाएनन् । यद्यपी सोमबार एक कार्यक्रममा प्रियंकाले उनको व्यक्तिगत जीवन सर्वसाधारणका लागि नभएको बताइन् । उनले निकले आफ्ना कुराहरु सर्वसाधारणले थाहा नपाउन् भन्ने चाहना राख्ने गरेको बताइन् । उनले भनिन्, ‘मेरो पूरा जीवन, विशेषगरी मेरो व्यक्तिगत जीवन सर्वसाधारणका लागि होइन । मेरो ९० प्रतिशत जीवन पब्लिकका लागि भएपनि १० प्रतिशत जीवन म आफैंका लागि हो । म एक युवती हुँ र यसमा म आफूलाई सीमित राख्ने हक मसँग छ ।’