कालेको माया अच्चकाली छ (भिडियो)

छमछमी नचाउने तिज गीत ‘मेरो काले’ सार्वजनिक भएको छ । उक्त गीतलाई खेम सेन्चुरी तथा श्रीष्टी पुनले गाएका छन् । रमेश बिजीको शब्द रहेको गीतमा खेम सेन्चुरीको संगीत रहेको छ । प्रकाश भट्ट निर्देशित म्युजिक भिडीयोमा रामजी खांड, प्रकाश सपुत, खेम सेन्चुरी, श्रीष्टी पुन, सपना पुन, बिनिता पुन लगायतका कलकारहरुको अभिनय देख्न सकिन्छ । भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ ।