दीलिप रायमाझी के थिए, के भए ?

अमेरिकाको ग्रिन कार्ड लिएपछि नेपालमै आएर काम  गरिरहेका अभिनेता दीलिप रायमाझीले कुनै बेला दिनमा ३ वटा सेड्यूलमा काम गर्थे भन्ने सुन्दा अहिलेका दर्शक छक्क पर्छन् । दीलिप रायमाझीले सुटिङमा समय दिन नसक्दा निर्माताले किड्न्याप नै गरेर लान्थे भन्ने पनि सुनिन्थ्यो । दीलिप रायमाझीको क्रेज कस्तो थियो भन्ने उनलाई लिएर उ बेला फिल्म बनाउने निर्मातालाई सोध्ने हो भने प्रष्टै हुन्छ ।

त्यस्ता दीलिप रायमाझी अहिले कस्ता भए । उनलाई नेपाली फिल्मले नै सन्तुष्टी भरिएन र विदेश लागे । अमेरिकामा परिवारलाई राखेर नेपाल आए र भकाभक फिल्म खेलेका छन् । दीलिपले काम गरेको कही कतै र पिरिम पर्या छन् सिनेमा साउन २५ गते रिलिज हुँदैछ । दीलिपका फिल्मको यति सामान्य हल्ला । दीलिपको फिल्म आउँदा हलमा दर्शक उर्लिन्थे । अहिले त उनका फिल्म आएको र गएको पनि थाहा हुँदैन ।

एकै दिन २ वटा फिल्म चल्न लाग्दा पनि ती फिल्ममा दीलिप छन् भन्ने कुरा दर्शकलाई अत्तोपत्तो छैन । दीलप रायमाझी कुनै बेला कस्तो थिए, अहिले कस्तो भए ।