झुट बोले सुब्रतले

शुब्रत राज आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पती’ मङसिरमा प्रदर्शनमा आउँदै छ । फिल्म पहिले भदौ २२ मा आउने चर्चा थियो । तर आफ्नो रिलिज मिति पर सारेको ‘सुश्री सम्पती’ टिमले केही समय अगाडी फिल्मको पहिलो गीत सार्वजनिक गरेको थियो । यूट्युबमा उक्त गीत १० लाख ४६ हजार भन्दा बढी पटक हेरिएको छ ।

आजभोली गीत को भ्युज बढाउन अनेक तरिका अपनाइन्छ । बिशेषत बुस्ट गरेर भ्युज बढाउने चलन चल्तीमा छ पछिल्लो समय । यस गीतको भ्युज पनि विभिन्न फेसबुक पेजबाट बुस्ट गरेरै बढाइएको छ । तर फिल्मका निर्देशक शुब्रत राज आचार्यले भने आफ्नो फेसबुकमा ‘बुस्ट, हर्लिक्स, कम्प्लेन नखाईकनै हुर्कदैं छ हुकुम सङ’ भनेर गीत सेयर गरेका छन् ।

उनले यो बिर्सिएछन् की विभिन्न फेसबुक पेजबाट गीतको भिडियो बुस्ट गर्न लगाएको छु भनेर । बुस्ट गरेको सामाग्री त झन् ‘स्पन्सर्ड’ भनेर देखाउँछ । त्यती जान्दा जान्दै पनि किन झुट बोले शुब्रतले ? कतै पानी माथी ओभानो बन्न त होइन ?