कथा काठमाण्डुको ‘जुन अनी तारा’

फिल्म कथा काठमाण्डुको दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको उक्त गीतमा फिल्मका दुई मुख्य कलाकार संजोग कोइराला र सन्ध्या केसी फिचर्ड छन् भने अर्का दुई मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीलाई ड्रग एडिक्टको रुपमा प्रस्तुत गरिएको छ । इशान सुब्बाको शब्दमा दिपेश सुब्बाको संगीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर रहेको छ ।

फिल्ममा संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लु:ज: सिंहको छायाङ्कन रहेको छ । फिल्म असोज १२ गतेबाट रिलिज हुँदै छ ।