महेश बाबुको नयाँ फिल्म ‘महर्षि’ टिजर

तेलुगू सुपरस्टार महेश बाबु ४३औँ जन्मदिन मनाईरहेका छन् । यही अवसरमा महेशले आफ्नो नयाँ फिल्म महर्षिको टिजर सार्वजनिक गरेका छन् । फिल्ममा उनको आपोजिटमा पूजा हेगडे देखिएकी छिन् । यो फिल्म महेश बाबूको २५औँ फिल्म रहेको छ । टिजरमा महेश बाबूले ऋषि नामक एक योङ्ग स्टूडेन्टको भुमिका निभाएका छन् । टिजरलाई दर्शकले निकै रुचाईरहेका छन् । उक्त फिल्मको शुटिङ भने सकिएको छैन ।

एक रिपोर्ट अनुसार फिल्मको फस्ट शेड्यूलको शुटिङ देहरादूनमा भएको छ भने फिल्मका धेरै भागहरु अमेरिकामा पनि गरिने बताईएको छ । फिल्मलाई वामशी पेडिपल्लीले निर्देशन गरिरहेका छन् । महेश महर्षि भन्दा अघि फिल्म भारत अने नेनू मा देखिएका थिए । उक्त फिल्ममा उनले मुख्यमंत्रीको भुमिका निर्वाह गरेका थिए । फिल्म हिट भएको थियो भने १०० करोड भन्दा ज्यादा व्यापार गरेको थियो ।