फ्राइडे रिलिज : दिलिप रायमाझीका दुई सहित हलमा तीन फिल्म

आज साउन २५ शुक्रबार हलमा ३ नेपाली फिल्म रिलिज भएका छन् । सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’, दिनेश पाख्रिनको ‘टिनएज’ र पुरन थापा निर्देशित ‘पिरिम पर्या छन्’ । प्रेम कथामा आधारित फिल्म कहिँ कतै, कमेडी फिल्म पिरिम पर्या छन् र किशोर अवस्थाको कथामा आधारित फिल्म टिनेजले व्यापारिक प्रतिस्पर्धा गर्दै छन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्म ‘कहिँ कतै’ लाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन रहेको छ । फिल्ममा शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् ।

फिल्म ‘टिनएज’ मा नरेश बिर सिंह , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतको अभिनय रहेको छ । बिकाश चौधरी र बसन्त सापकोटाको संगित रहेको फिल्ममा डा कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसिको गीत रचना रहेको छ । दुइ दशक देखि फिल्म क्षेत्रमा सक्रिय दिनेश पाख्रिनले फिल्म निर्देशन गरेका हुन् । हेलेन पाख्रिन फिल्मस्को व्यानर तथा हेलेन पाख्रिनको प्रस्तुती फिल्म टिनएजलाई बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।

निर्देशक पुरन थापाको लेखन रहेको फिल्म ‘पिरिम पर्या छन्’ मा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारको अभिनय रहेको छ । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्ममा बिमल ढकालको छायांकन रहेको छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।