‘दाल भात तरकारी’ मा पुष्प र स्वस्तिमा फाइनल

फिल्म ‘दाल भात तरकारी’ मा पुष्प खड्का फाइनल भएका छन् । त्यस्तै  पुष्पको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का रहने छिन् । मौखिक सहमति भए पनि दुबैले फिल्म साइन भने गरेका छैनन् ।

नायक खड्काले भने ,’किरण दाइ सँग फिल्मको बिषयमा मौखिक सहमति भने भइसकेको छ । फिल्मका लागि स्वस्तिमा जीसँग पनि मौखिक सहमति भएको सुनेको छु । तर हामी दुबैले फिल्म साइन भने गरेका छैनौ, तर लगभग पक्का हो ।’  फिल्मका निर्माता किरण केसीले पनि पुष्पल र स्वस्तिमा सँग कुरा भइसकेको र पुष्प र स्वस्तिमा सँगै फिल्ममा रहने अन्य कलाकारको समेत दुई तिन दिनमा टुंगो लाग्ने उनले बताए । फिल्म केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।फिल्म २०७६ साल वैशाख १३ गते रिलिज हुने छ ।