विनयले हावा फिल्म नै त बनाएका थिए…

रोमियो एन्ड मुना फ्लप भएपछि निर्माता र हिरो दुबै बनेका विनय श्रेष्ठलाई दर्शकदेखि रिस उठेको छ । दर्शकलाई राम्रो फिल्म बनाएर, दिएर काम छैन भन्ने उनले वुझेका छन् । रोमियो एन्ड मुना जस्तो फिल्म नचलेको भन्दै उनले यो देशमा हावा फिल्म बनाउनुपर्ने, दर्शकले पनि हावा फिल्म नै रुचाउने रहेछन् भनेर आक्रोश पोखेका छन् ।

विनयले हावा फिल्म नै बनाउनुपर्ने रहेछ भनिरहँदा उनले बनाएका फिल्म हावा नै थिएनन् र भन्न नसकिएला ?

रेशम फिलिलीको कथावस्तु हावा थियो कि गतिलो विनय जी ? दर्शक हसाँउनका लागि तपाइले फिल्ममा मान्छेले बाख्रालाई करणी गरेको समेत देखाइदिनुभयो । त्यो भन्दा हावा के होला ?

अनी, रोमियो एन्ड मुनाको प्रचार गर्ने तरिका हावा थिएन र ? पत्रकार सम्मेलनमा टू पिस लगाएका यूवति ल्याएर नाचेर फिल्म चल्छ,  दर्शकले पत्याछन् भनेर कसरी सोच्नु भयो ? तपाइ आफूले हावा हावा तरिका अपनाएको चै नवुझ्ने ? अनी दर्शकले फिल्म हेरेनन् भनेर हावा फिल्म रुचाउने दर्शक भनेर कराइदिने ?

यो देशमा कालो पोथी जस्ता फिल्म पनि चलेका छन्, जसले मार्मिक कथा उठाएका थिए । पहिला आफ्नो काम गर्ने तरिका हावा बनाउन छाड्ने कि ?