एलिना बिष्टको ‘छोएर मलाई’

एलिना बिष्टको स्वर रहेको नयाँ गीत ‘छोएर मलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा एलिनालाई हर्कुलस बस्नेत र व्याण्डले साथ दिएको छ । सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ । केहि फरक किसिमको भिडियो बनाउने कोशिस रहेको एलिनाले प्रतिक्रिया दिएकी छन्। भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।