संचितापछि ‘राधा’ बन्दै प्रियंका

- मेराेफिल्म

महिला केन्द्रित फिल्म ‘राधा २’ मा नायिका प्रियंका कार्की फाइनल भएकी छन् । योगेश घिमिरे निर्देशित दुई बर्ष अगाडी बनेको फिल्म ‘राधा’ मा संचिता लुइटेल लिड रोलमा थिइन् । घिमिरेले यस पटक भने प्रियंकालाई लिएका हुन् ।फिल्ममा दुइ नायक रहने भएपनि को हुने भन्ने फाइनल भएको छैन ।

फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजको स्क्रिप्ट रहेको फिल्म संजय न्यौपानेले निर्माण गर्दैछन् । फिल्म छायांकन भदौ २५ गतेबाट सुरु हुने निर्माण पक्षले बताएको छ ।

२०७५ साउन २५ गते १५:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *