आंचलको व्यङ्ग्य कसलाई थियो ? किन गरिन् डिलिट ?

चल्तीका कलाकारको सामाजिक कार्यहरु समाचारका बिषय बन्ने गरेका छन । उनिहरुले गरेका कार्य देखी लिएर सामाजिक संजालमा उनीहरुका कृयाकलाप सार्वजनिक महत्वका बन्ने गरेका छन् । उनीहरुको सानो भन्दा सानो गल्ति वा राम्रा कार्य समाचारको शिर्षक बन्ने गर्छन । त्यस्तै एक सामाचार शिर्षक बन्न लायक कार्य गरेकी थिईन् नायिका आँचल शर्माले । उनले आफ्नो सामाजिक संजाल फेसबुक प्रोफाइलमा एक स्टाटस पोष्ट गरेकी थिइन् जुन उनले अहिले हटाईसकेकी छिन् ।

उनले स्टाटसमा यस्तो लेखेकी थिइन्,’रुँदै रुँदै लगानी गर्ने अनि कलाकारिता गर्ने देखेर हाँसो लाग्यो #sorrynotsorry.

पछिल्लो समयकी चल्ती की नायिका हुन् उनी । उनको यो स्टाटसले सामाजिक संजाल फेसबुक तताएको थियो । उनले लेखेको यो स्टाटसमा राम्रा नराम्रा अनेक थरी प्रतिकृयाहरु आएका थिए । जुन अहिले देख्न सकिन्न । कमेन्टमा आएका प्रतिकृयाहरुमा अधिकांसले आंचलले गलत लेखेको बताएका थिए । आंचल भर्खरै फिल्म क्षेत्रमा आएको र उनले अहिले नै कसैलाई गिज्याएर त्यस्तो स्टाटस लेख्नु गलत हो, धेरैले भनेका थिए । कतिले सही भन्नु भयो भन्दै उनको समर्थन समेत गरेका थिए । आंचलले अरु कलाकारको इज्जत गर्न नजानेको भन्ने समेतमा प्रतिकृया कमेन्टमा आएका थिए ।

किन आए यस्ता कमेन्ट ? घटनाक्रमले यस्तो भन्छ :
केही दिन अगाडी नायिका पुजा शर्माले आफ्नो फेसबुकमा एक स्टाटस पोष्ट गर्दै चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेलमाथि आक्रोस पोखेकी थिइन् । उनले उक्त पोष्टमा भदौ २२ गते प्रदर्शनमा आउन लागेको आफ्नो फिल्म ‘रामकहानी’ सँग पौडेलका भाई निरक पौडेल निर्देशित फिल्म ‘रोजी’ जुधाउन ल्याएको आरोप लगाएकी थिइन् । रोजी भदौ २२ मा प्रदर्शनमा आउन लाग्नुमा बोर्ड अध्यक्ष पौडेलको प्लान रहेको उनको भनाई थियो ।

पूजाले पोष्ट गरेको उक्त स्टाटसलाई व्यङ्ग्य गर्दै आंचलले स्टाटस पोष्ट गरेको हुन सक्छ ।

यस्तो पनि हुन सक्छ :

आंचल शर्मा र नायक आकाश श्रेष्ठ अभिनित फिल्म ‘ब्ल्याक’ भदौ १ गते देखि प्रदर्शनमा आउँदै छ । ब्ल्याकको प्रोमोसनमा आकाशले समय नदिएको आरोप खेप्दै आएका छन् । आंचल र आकाश सहभागी अन्तर्वार्ताहरुमा आकाशले ब्ल्याक अक्सर भदौ २२मा प्रदर्शनमा आउँदै छ भन्ने गरेका छन् । त्यसको रिस आंचललाई मनमा छ र त्यसको बदला आफ्नो स्टाटस मार्फत पोखेकी त होइनन् भन्ने ठाउँ पनि छ ।

सम्भावना यस्तो पनि :
नायिका आंचल शर्मा र पुजा शर्मा बिच बाहिर देखिए जस्तो सम्बन्ध भित्र छैन भन्ने हरु धेरै छन् फिल्म वृत्तमा । तँ हाने जस्तो गर म सहे जस्तो गर्छु भन्ने सम्बन्धमा रहेका आंचल र पुजाले एक-अर्काको स्टार भ्यालु स्वीकार गर्न नसक्नु पनि अर्को कारण हुन सक्छ आंचलको स्टाटसको ।

चाहे जे होस्, आंचलले हाल उक्त स्टाटस डिलिट गरेकी छन् । सकारात्मक भन्दा नकारात्मक प्रतिकृया त्यो पनि पुजा शर्माकै नाम जोडिएर आउँदा त्यसको भार थाम्न नसकेर आंचलले उक्त स्टाटस डिलिट गरेकी त होइनन् ? प्रश्न गर्ने ठाउँ प्रसस्तै छन् ।