स्वयम्वरकै दिन प्रियंका-आयुष्मानको रोमान्टिक भिडियो

आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको अभिनय रहेको रोमान्टिक गीत ‘मैच्याङ’ उनीहरुको स्वयम्बर कै दिन पारेर रिलिज भएको छ । गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द रचना रहेको छ ।

गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स – मास्टरिङ छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।