फिल्म ‘रोजी’ को म्युजिकल्ली कन्टेस्ट

फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको छ । उक्त गीतमा इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरे । प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्ने छन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने छ । साथै दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृत्ति दिइनेछ । सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने छ ।