मोफसल यात्रामा ‘जय शम्भु’ टिम

फिल्म ‘जय शम्भु’ टिम फिल्मको प्रचार प्रसारको लागि मोफसल यात्रामा छ । फिल्म युनिटले  शुक्रवार बेलुका  र  शनिबार बिहान पोखरामा टिमले भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायतको उपस्थिति रहेको थियो । पोखरा पछि प्रचार प्रसारको लागि टिम बुटवल प्रस्थान गरेको छ । शनिबार बेलुका र आइतबार बिहान बुटवलमा भेटघाट कार्यक्रम सकेर चितवन र हेटौंडा जानेछ । चितवन र  हेटौंडामा कार्यक्रम सकेर फिल्म युनिट २८ गते काठमाडौं फर्कनेछ । जय शम्भु भाद्र १ बाट रिलिज हुनेछ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको छन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन,  श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत,  बनिश शाहको सम्पादन,  रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन,  करुणा पाण्डे,  रश्मी भट्ट,  बसन्त भट्ट,  राज कुमार थापा,  कालु राना लग्गायतको मूख्य भुमिका रहेको छ ।