सर्यो ‘सुश्री सम्पति’ रिलिज डेट

फिल्म ’सुश्री सम्पति’ टिमले रिलिज डेट सार्वजनिक गरेको छ ।  भाद्र २२ मा रिलिज गर्ने भनी पनि प्राविधिक कारणले फिल्म मङ्सिर २८ मा रिलिज हुने निर्माण टिमले बताएको छ । फिल्मको पहिलो गीत ’हुकुम केहि समय अगाडी मात्र  सार्वजनिक गरेको थियो । फिल्म ‘सुश्री सम्पति’ मा रंग पत्रकार सुब्रतराज आचार्यको को निर्देशन रहेको छ । आचार्य निर्देशित अघिल्लो फिल्म ‘अर्धकटी’ जस्तै ‘सुश्री सम्पति’मा कमेडी लभ स्टोरी रहेको बताइन्छ । फिल्मको कथा स्वयम निर्देशकले लेखेका हुन् । फिल्ममा सलोन बस्नेत पहिलो पटक लिड रोलमा देखिदैछन् ।

फिल्ममा सलोनका साथ अभिनेत्री सारा सिर्पाली रहने छिन् । त्यस्तै राजाराम पौडेल, जयानन्द लामा, विनोद न्यौपाने, प्रमोद अग्रहरी, रोशनी कार्की आदिको अभिनय रहेको छ । यस फिल्ममा नायिका प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । विज्ञान राई, नुनम सुब्बा, रमन सिलकरको लगानीमा फिल्म निर्माण भएको हो  । अर्जुन तिवारीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत, भरत रेग्मीको सम्पादन रहने फिल्म राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । राम कहानीसँगै भदौ २२ रिलिज डेट रहेको सुश्री सम्पति सरेर मंसिर २८ पुगे पनि फिल्म रोजी भने रामकहानीसँग जुद्दै छ ।