फिल्म ‘रामकहानी’को पोष्टर सार्वजनिक

गीत र ट्रेलर पछि फिल्म ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ । भदौ २२ रिलिज डेट रहेको फिल्म सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको हो । पोष्टरमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, फिल्मका मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि पोष्टरमा देख्न  सकिन्छ ।

फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । फिल्म नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।