राइटर बन्दै मनिषा कोईराला : ‘द बुक अफ अनटोल्ड स्टोरिज’ फस्ट लुक सार्वजनिक

बलिउड अभिनेत्री मनिषा कोईरालाको ‘द बुक अफ अनटोल्ड स्टोरिज’ नामक पुस्तक सार्वजनिक हुने क्रममा छ । उनी अब नायिकाबाट लेखिका बन्दै छिन् । उक्त पुस्तकको फस्ट लुक उनले आफ्नो ईन्स्टाग्राम अकाउन्ट मार्फत सार्वजनिक गरेकी हुन् । साथै उनले आफ्नो किताब प्रकाशनमा सहयोग गर्ने पेग्विन इन्डिया र गुरवीन चड्डालाई ट्विट गर्दै धन्यबाद दिएकी छन् । उनले लेखेकी छन् ,’यो मेरो पहिलो किताब हो । आशा छ अरु धेरै आउनेछन् किनकी म यो काममा रमाईरहेकी छु ।’

बलिउडमा लामो समय सक्रिय रहेकी मनिषा सन् २०१२ मा क्यान्सरबाट पिडित बनेकी थिईन् । उनले अमेरिकामा रहेर क्यान्सरको उपचार गराईन् । आफ्नो पुस्तकमा क्यान्सर रोग र उपचारको अनुभवलाई उनले विस्तृत रुपमा उल्लेख गरेको अनुमान गरिएको छ । साथै आफ्नो असफल वैवाहिक जीवनका विषयमा पनि केही रहस्योद्घाटन गर्न सक्नेछिन् । मनिषाले नेपाली व्यावसायी सम्राट दाहालसँग विवाह गरेको छोटो समयमै अलग्गिएकी थिईन् । क्यान्सरबाट मुक्त भएपछि मनिषा पुन बलिउडमा सक्रिय छिन् । उनी अभिनित फिल्म सञ्जु हालै रिलिज भएका थिए ।