प्रदिपलाई कमेडी फिल्मसँग एलर्जी ?

अभिनेता प्रदिप खड्कालाई एप्रोच गरिएको दाल भात तरकारी अभिनेता पुष्पल खड्काको हातमा गएको छ । अब प्रदिपले अर्को कमेडी कथामा बन्ने फिल्म पनि गुमाएका छन् । बारम्बार अफर आउने फिल्म गुमाउन थालेपछि के प्रदिपलाई कमेडी फिल्मसँग एलर्जी नै हो त भन्ने प्रश्न आउन थालेको छ ।

प्रदिपले छक्का पन्जा २ बाट आएको अफर पनि अस्विकार गरेका थिए । यूवाहरुमा लोकप्रिय प्रदिप आम मानिसमा भने पुग्न सकेका छैनन् । उनलाई कमेडी फिल्मले त्यो बाटो खुलाइदिने थियो ।

प्रदिपले विदेश यात्रामा रहनु, जवाफ दिन नभ्याउनु आदि कारणले दाल भात तरकारीमा काम गर्न नपाएको बताएका छन् । तर, ठूला कलाकारको जमघट भएको फिल्म गर्दा आफू छायाँमा परिने डर पनि प्रदिपलाई हुनसक्छ । यही भएर उनले कमेडी फिल्मको अफर घुमाएर अस्विकार गरिरहेका छन् । प्रदिप आफूलाई लभ स्टोरी फिल्ममा नै उभ्याउन चाहन्छन् । रोजी फिल्म रिलिजपछि प्रदिप लभ स्टोरी कथामै बन्ने लभ स्टेशनमा व्यस्त हुनेछन् ।