‘दाल भात तरकारी’ मा निरुता सिंह, बर्षा राउत र विल्सन विक्रम राईको इन्ट्री

फिल्म ‘दाल भात तरकारी’ मा निरुता सिंह र बर्षा राउत फाइनल भएका छन् । फिल्ममा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको अभिनेत्री निरुता सिंह देखिने भएकी हुन् । यसका साथै कलाकार  विल्सन विक्रम राई पनि अनुबन्धित भएका छन् ।  केहि समय अघि पुष्प बस्नेत र स्वस्तिमा खड्कालाई लिएको कुरा निर्देशक किरण केसीले जानकारी दिएका थिए ।

मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्मको प्रदर्शन मिति २०७६ बैशाख १३ समेत केहि समय अघि तय गरिएको थियो । फिल्म निर्माता केसीका छोरा सुदन केसीले निर्देशन गर्दै छन्  ।