हिरोइन अग्ली र हिरो होचो फिल्म ‘रोजी’

भदौ २२ गते रिलिज हुने क्राइम थ्रीलर फिल्म ‘रोजी’ को प्रेसमिट सम्पन्न भएको छ । यस अवसरमा फिल्मका कलाकार प्रदिप खड्का, मिरुना मगर, परमिता राणा, निर्देशक निरक पौडेल, संगीतकार एलिस कार्की, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
फिल्मका बारेमा बोल्दै नायक खड्काले स्क्रिप्ट र पात्रको सशक्तताले फिल्मप्रति आशावादी रहेको र पहिलोपटक थ्रीलर फिल्म गर्दै भएको कारण दर्शकले भिन्न स्वाद प्राप्त गर्ने बताए । हिरोइन अग्ली र हिरो होचो, किन ? भन्ने प्रश्नमा प्रदीपले भने, ‘मैले उचाइ बढाउन सबथोक गरेँ । के मात्र गरिन ?’ यहि समय को–स्टार मिरुना मगरले भनिदिइन, ‘मलाई त्यस्तो लाग्दैन । अभिनय एउटा कला हो र फिजिकल स्वरुपले खास अर्थ राख्दैन ।’ साथै परमिता राणाले थपिन, ‘मोडलिङ भए हाइटले पनि अर्थ राख्थ्यो तर, एक्टिङमा आवश्यक छैन । तपाईं हेर्नूस न इन्डियामा आमिर र कट्रिनाको जोडी ।’
निर्देशक नीरक पौडेलले आफूले रोजीमार्फत दर्शकलाई न्याय गर्ने बताए । यसअघि रिलिज भएका कुसुमे रुमाल २ र होमवर्कले दर्शक र समिक्षक दुबैको प्रसंसा बटुल्न सफल भएको थियो ।
संगीतकार एलिस कार्कीले फूल हैन…गीतले सफलता प्राप्त गरेको बताए । ‘म्युजिकल्ली कन्टेस्टमा सयौं सहभागि हुँदैछन् । इन्टरनेटमा समेत यसले राम्रो भ्यूअर्ज प्राप्त गरेको छ’ पाश्र्वध्वनी डिजाइनर समेत रहेका कार्कीले भने, ‘फूल हैन गीत हाम्रा लागि पब्लिसिटीको बलियो माध्यम पनि हो ।’ गायक प्रताप दास र गायिका प्रविशा अधिकारीले फूल हैन गीतको सफलता र आफ्नो अनुभवमाथि प्रकाश पारे ।
गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया