काठमान्डौ फर्कियो ‘जय शम्भु’ टिम

मोफसल प्रचार प्रसार सकेर फिल्म ‘जय शम्भु’ टिम काठमाडौं फर्किएको छ । फिल्म युनिटले पोखरा, बुटवल र चितवनमा फिल्मको बारेमा जानकारी गराएका थिए । फिल्मवारे जानकारी गराउन कलाकार प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, वर्षा शिवाकोटी लगायत उपस्थित भएका थिए । रिलिज मिती नजिकिँदै गर्दा फिल्म युनिटले प्रचार प्रसारलाई तीव्र पारेको छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता हुन् । यस्तै सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेका छन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन,  श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत,  बनिश शाहको सम्पादन,  रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन,  करुणा पाण्डे,  रश्मी भट्ट,  बसन्त भट्ट,  राज कुमार थापा,  कालु राना लग्गायतको मूख्य भुमिका रहेको छ ।