‘बत्ती गुल मिटर चालु’ ट्रेलर रिलिज

बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत फिल्म ‘बत्ती गुल मिटर चालु’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म प्रेम,  रोदन र कमेडी मिश्रित छ । श्री नारायण सिंहले फिल्म निर्देशन गरेका हुन् भने भूषण कुमार र क्रिशण कुमारले संयुक्त रूपमा निर्माण गरेका छन् । सेप्टेम्बर २१ मा रिलिज हुने फिल्ममा शहीद कपुर र श्रृद्धा कपुरका साथै यमी गौतम, दीभेन्दु शर्मा लगायतका कलाकारको अभिनय रहने छ ।