‘मिस नेपाल नर्थ अमेरिका – २०१८’ मोनिका घले

‘प्रथम नेपाल नर्थ अमेरिका – २०१८’ मा १७ प्रतियोगीलाई पछि पार्दै मोनिका घले बिजेता घोषित भएकी छन् । यसका साथै फस्ट रनर अप सुजाता लामा तथा सेकेन्ड रनर अप श्रीजना राई घोषित भएका छन । न्यूयोर्क स्थित मेलरोज बलरुममा सनिबार एक कार्यक्रमका बीच बिजेता घोषणा गरिएको थियो ।

पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणका १० जना मध्ये अन्तिम चरणमा ५ जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धामा थिए । कार्यक्रम नग्मा श्रेष्ठले संचालन गरेकी थिईन । पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र मिस फतेना क्वासेमले सहभागीलाई तालिम दिएका थिए ।

कार्यक्रममा मेगा प्रस्तुति बर्तिका एम राई , हेमन्त राना, बिक्की  गुरुङ, धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको प्रस्तुति रहेको थियो । निर्णायकहरुमा राजेन्द्र श्रेष्ठ,  ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूमा रहेका थिए । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इन्टरटेन्मेन्टको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
विजय थापाको सहयोगमा
तस्विर:विक्रान्त मान श्रेष्ठ