बर्षाजी, तस्विर खल्लो भयो कि ?

दिक्षा कट्टेल : अभिनेत्री बर्षा राउतले आफ्नी सहकर्मी अभिनेत्री प्रियंका कार्कीलाई वधाइ दिदै शुभकामना दिइन् । बर्षाले सामाजिक संजालमा राखेको तस्विरमा ३ जोडी छन् । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । अब उनीहरु चाडै नै बिहे पनि गर्दैछन् । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत त बैबाहिक जीवनमा बाधिएको खबर नै पुरानो भैसक्यो । प्रियंका र आयुष्मानलाई इन्गेजमेन्टको वधाई दिन अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला पनि पुगेका थिए । उनीहरु ६ बर्ष भन्दा लामो समयदेखि प्रेममा छन् ।

तर, बर्षा आफैले राखेको तस्बिर अधुरो भएन र भन्या ? एक जोडीले बिहे गरिसकेको छ, एक जोडी इन्गेजमेन्टमा वाधिएर बिहे गर्ने तयारीमा छ । अब, बर्षा राउत र संजोग कोइरालाले कहिले इन्गेजमेन्ट अनी कहिले बिहे गर्ने ? ६ जनाको तस्बिर यही कुराले मात्र खल्लो देखिएको छ ।

बर्षा राउतको फिल्म उडान राम्रोसँग उडेको छ । अब, संजोगसँगको बैबाहिक जीवनको पनि उडान गर्ने हो भने फोटो कती गुलियो हुन्थ्यो होला ? बर्षा जी खल्लो तस्विर कहिले गुलियो होला ?