इन्गेजमेन्ट दुई चोटी, बिहे गर्ने चै समय छैन प्रियंकासँग

खुल्लम खुल्ला प्यार गर्न त कसैले अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीसँग सिकोस् । क्लबमा अंकमाल गरेर सुरु भएको यी दुइको प्रेम औठी साटासाट सम्म पुगेको छ । प्रियंका र आयुष्मानले औठी साटेर इन्गेजमेन्ट गरेका थिए । तर, यतिले मात्र उनीहरुलाई धित मरेन । फेरि पार्टी नै दिएर औठी साटे । दुई दुई पटक औठी साट्ने फुर्सद पाए ।

२ पटक औठी साटेर इन्गेजमेन्ट गरे पनि प्रियंकालाई अहिले नै आयुष्मानसँग बिहे गर्न भने फुर्सद छैन । किनकी, उनीसँग कामको बोझ धेरै छ । फिल्म धेरै सक्नुछ । विदेश भ्रमण, विज्ञापन गर्नुछ । यही भएर प्रियंकाले बिहेका लागि १ बर्ष अघि समय निकाल्न सक्दिनन् रे !

दुनियाँले यी दुइको बिहे हुँदैन, प्रेमको नाटक मात्र हो भनिरहँदा इन्गेजमेन्ट गरेपछि भन्नेको मुख थुनिएको छ । तर इन्गेजमेन्ट गर्न फुर्सद हुने बिहे गर्न एक दिन निकाल्न नसक्ने कस्तो व्यस्तता हो आयंकाको ?