नेपाली र नेवारीपछि हिन्दी भाषामा बज्राचार्यको ‘मनमगन’

केहि समय अघि सार्बजनिक पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाल भाषामा सार्वजनिक भएको छ । सोही गीत चाँडै नै हिन्दी  र अन्य भाषामा समेत रिलिज गर्ने गायक बज्राचार्यको तयारी रहेको छ । गायक  बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्ने भएको छ । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ ।

संसारभरि मौलिक नेपाली बाजा, स्थानीय संस्कृतिको प्रचार प्रसार गरौ ,संसारलाई नेपाली संगीतमा नचाऔं भन्दै गायक बज्रचार्यले नेपाली बाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडि बढाइरहेका छन । ८ वर्ष अघि उनले सुरु गरेको ‘क्रीम अफ रीदम’ अभियान अन्तर्गत  मौलिक बाजाहरुको समिश्रण गरी काली काली, ओ अमिरा, मायाको डोरीले लगायतका लोकप्रिय गीतहरु समावेश गरी ‘मेड्ली’ रिलिज गरेका थिए जसलाई अंग्रेजी भाषामा समेत सार्वजनिक गरिएको थियो ।

क्रीम अफ रीदमले पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरी फ्यूजन गर्दै गीत संगीत निर्माण गर्ने गरेको छ । ‘मन मगन’ लाई विश्वब्यापी बनाउन तीन महिनासम्म युरोप, अमेरिका, अष्ट्रेलिया, कोरियामा लगायतका देशमा सागीतिक कार्यक्रम गर्न लागेका पपगायक  बज्राचार्य अहिले युरोपको सांगीतिक टुरमा छन ।