साडीमा टाई बलिउड अभिनेत्रीको फरक स्टाइल

- मेराेफिल्म

बलिउड अभिनेत्री तपसी पन्नु फिल्म ‘मुल्क’ को सक्सेस पार्टीमा साडीमा टाई लगाएर पुगिन् । अरुले लगाएको भए मान्छेहरुले पागल भन्थे होला, तर हिरोइनले गरेपछि ‘स्टाइल’ बन्यो । फिल्ममा उनले एक वकिलको भूमिका निर्वाह गरेकी छन् । व्यवसायिक रुपमा सफल हुन नसके पनि  उनको अभिनय तारिफ योग्य छ ।

अरुभन्दा फरक रुपमा उनी साडीमा सर्ट र सर्टमा टाई लागेर कार्यक्रममा पुगिन । तापसीको पार्टीमा उपस्थित भएसँगै क्यामराहरु उनीतिर सोझिएका थिए । ऋषि कपुरको प्रमुख भूमिका रहेको फिल्ममा एक मुसलमानले आफ्नो अधिकारका लागि गरेको कानूनी संघर्ष देखाइएको छ । फिल्मले एक हप्तामा १० करोड पनि कमाउन सकेन । फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका हुन् ।

२०७५ साउन २८ गते १५:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *