रुपा रौतारको ‘हिम्मत भाकी छोरी’ हरिवंश आचार्यद्वारा विमोचित

राजधानीमा एक कार्यक्रमका बीच गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका हुन् । दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह , तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्ण हरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको समेत शब्द रहेको छ । कार्यक्रममा एल्बममा समावेस दुइ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।
‘लेख्दै छु’ बोलको गीतमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको छ । यसैगरी सार्वजनिक शिर्ष गीत हिम्मत भाकी छोरीलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन , सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ । कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी , निर्देशक मनोज पण्डित , संगीतकार राजु सिंह ,गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया