मुनाफाको हिस्सा माग्दै कंगना रनावट

बलिउडका ३ ठुला सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खानले कुनै पनि फिल्म खेल्दा पारिश्रमिकको साटो मुनाफामा हिस्सा लिने गर्छन् । यसमा रिस्क र फाइदा दुवै छ । फिल्म चलेन भने खालि हात बस्नु पर्ने हुन्छ भने व्यापार राम्रो भएमा मुनाफा । क्विन अभिनेत्री कंगना रनावटले समेत फिल्ममा पारिश्रमिकको साटो हिस्सा माग्न थालेकी छन् । आगामी फिल्म ‘मेन्टल है क्या’ मा उनले मुनाफाको हिस्स मागेको खबर बाहिरिएको छ ।

फिल्मकी निर्मात्री एकता कपुरको सकारात्मक प्रतिक्रिया आएको छ । यस फिल्म मार्फत उनले हिस्सा प्राप्त गरिन भने उनी हिस्सा लिने पहिलो बलिउड अभिनेत्री बन्ने छिन् । उनले खान हिरोहरुको शैली पछ्याएकी हुन् की हैनन् त्यो भने उनलाई नै थाहा होला ।