सामाजिक संजाल प्रयोगकर्तालाई खुसीको खबर : ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुदै
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
‘कति झुन्डेको त्यो फोनमा ?’ ‘के गर्छौ होला तिमी फोन बिना ?’ सामाजिक संजालमा धेरै समय व्यतित गर्नु हुन्छ भने तपाईले पक्कै पनि यी कुराहरु सुन्दै आउनु भएको छ । ‘तेरो फोन आज चै नफुटाई छोड़ने छैन म’ घरमा अभिभावकले पनि भन्नु हुन्छ होला समय समयमा । तपाईलाई पनि लाग्दो हो म मेरो समय यसै खेर फाल्दै छु केहि त गर्न पर्यो । र कहिले काही त सोच्नु हुन्छ होला यो सामाजिक संजालमा एक्टिभ भए बापत केहि फाइदा हुने भए ! यो समय आएको छ ।
‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’ को आयोजनमा ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुने भएको छ । छोटो समयको सन्देशमूलक फिल्म निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ-संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरिएको हो ।
‘आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने संस्कार नै बनिसकेको देखिन्छ । सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका फिल्महरु साह्रै मन छुने रहेको पनि पाइन्छ । यस्ता छोटो समयको फिल्म निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको हो।’ आयोजक संस्थाकी अध्यक्ष एवम् निर्देशक सवनम मुखियाले बताइन् । आवेदन दिन इच्छुकले ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को अफिसमा गइ आवेदन फारम भर्न सक्नेछन् । अनलाइनबाट पनि फारम भर्न मिल्ने व्यपस्था मिलाइएको आयोजक टिमले जनाएको छ ।
सामाजिक सञ्जाल निकट अवार्ड १६ विधामा प्रदान गरिनेछ ।
फिल्म
१: उत्कृष्ट डकुमेन्ट्री
२: उत्कृष्ट पिएसए
३: उत्कृष्ट छोटो फिल्म
४: उत्कृष्ट सिनिमेटोग्राफर
५: उत्कृष्ट सम्पादक
६: उत्कृष्ट महिला अभिनेत्री
७: उत्कृष्ट पुरुष अभिनेता
८: उत्कृष्ट निर्देशक
सोसल मिडिया
९: उत्कृष्ट सोसल मिडिया भिज्वल (फेसबुक इन्स्टाग्राम टुइटर)
१०: उत्कृष्ट युट्यूब भिडियोहरु
११: उत्कृष्ट चुनौतीपूर्ण समाचार
१२: उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली
१३: उत्कृष्ट ट्रोल
१४: पब्लिक चोइस
नगदसहित सम्मान
१५: सञ्चारकर्मी
१६: सोसल मिडिया एक्टिभिस्ट

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
प्रतिक्रिया