मोफसल टुर सकेर काठमान्डौ फर्कियो ‘मिस्टर भर्जिन’ टिम

गत सोमबारबाट सुरु भएको फिल्म ‘मिस्टर भर्जिन’ मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको टुर बुटवल,  चितवन,  हेटौंडा,  धरान, बिर्तामोड, दमक हुँदै टिम काठमाडौं आइपुगेको छ । यस्तै काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार साङ्गितिक कार्यक्रम हुने निर्माण टिमले बताएको छ । टुरमा गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा लगायत अन्य गायक गायिका पनि सहभागी थिए । टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट तथा साङ्गितिक कार्यक्रम गरिएको थियो ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । फिल्म भाद्र १ गतेबाट अल नेपाल रिलिज हुदैछ ।