रणवीर – दीपिका विवाह मिति फाइनल

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह फिक्स भएको छ । उनीहरुले २० नोभेम्बरमा सात फेरो लिने कन्फर्म भएको छ । । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरिसकेका छन् ।  यी दुईको विवाह इटालीमा हुनेछ र यो ड्रिम वेडिंगमा मात्र ३० जना पाहुना हुनेछन् । इटालीमा बिहेपछि यो कपलले आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड रिसेप्शन दिनेछन् । दीपिका र रणवीरले कहिल्यै प्रेममा रहेको स्विकार गरेनन्, तर उनीहरु २०१३ देखि एकअर्कासँग डेट गरिरहेको बताइन्छ ।

यो जोडीले ‘गोलियों की रासलीला : रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा सँगै काम गरेका छन् । प्रेम र ब्रेकअपको खबरका बीच अन्ततः बलिउडको क्यूट जोडी रणवीर र दीपिका दुलहा-दुलही बन्ने पक्का भएको छ ।