आमाको फिलिम, छोरीको करिअर पनि चिलिम

- मेराेफिल्म

सन्तानका लागि फिल्ममा लगानी गरेर पैसा डुबाउने कलाकार नेपाली फिल्ममा कमै छन् । तर, आफ्नो सन्तानको माया त सबैलाई हुन्छ । भूवन केसीले छोरा अनमोल केसीलाई आफ्नै फिल्मबाट डेब्यू गराएनन् । छोरा हिट भएपछि बल्ल लगानी गरेर फिल्म बनाएका थिए । शिव श्रेष्ठले छोरा आफ्नै लगानीमा डेब्यू गराउँदैछन् । करिश्मा मानन्धरले छोरी अरुकै लगानीमा डेब्यू गराउँदैछिन् ।

कलाकार उमा बेबीले भने छोरी सिवानी गिरीलाई आफ्नै लगानीमा फिल्म बजारमा डेब्यू गराइन् । उमाको लगानीमा छोरी सिवानीले अभिनय गरेको ‘कही कतै’ हलमा लागेको छ । फिल्म हलमा लागेको छ,  दर्शक छैनन् ।

सिवानीले आफू नयाँ कलाकार भएकाले दर्शकले माया गर्ने बताएकी थिइन् । ठाउँ अनुसार, कपडा पनि छोटो लगाएर हिट हुने रहर गरेकी हुन् । हलमा फिल्म लागेपछि दर्शक अत्तोपत्तो देखिएनन् ।

उमाले छोरीसँगै काम गर्ने रहर पनि गरिन् । तर,  आमाको लगानीको फिल्मले छोरी सिवानीको करिअर सुरुवातमै चिलिम बनाइदियो । छोरीलाई अभिनयमा निखारेर बरु ढिलै ल्याएको भए के हुन्थ्यो र ? १५ बर्षमै आमाको छोरीलाई हिट बनाउने चाहनाले भएन त खत्तम ?

२०७५ साउन २९ गते १७:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *